बेगनास तालमा बेपत्ता श्रेष्ठको शव फेला
पाेखरा | जेठ २६, २०८२
पोखरा: पोखरा महानगपालिका ३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका गोरखाका राजेश श्रेष्ठ मृत फेला परेका छन् ।
आइतबार साँझ करिव ७:४० बजेको समयमा बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखाका शहिद लखन गाउँपालिका ६ मनकामना घर भएका ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।
पौडी खेल्ने क्रममा बेपत्ता भएका श्रेष्ठको शव आज बिहान सशस्त्र प्रहरी लबल नेपाल नं. २४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गोताखोरको टोलीले ३५ फिट गहिराइबाट निकालेको हो ।
बेगनासमा ताल मृत भेटिएका श्रेष्ठ गोरखाबाट ६ जनाको समूहमा घुम्न आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । श्रेष्ठको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

